हिँडडुल गर्न थाले प्रधानमन्त्री ओली


फागुन २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताएका छन्।

शुक्रबार अपरान्ह विज्ञप्ति निकालेर उनले प्रधानमन्त्री ओलीलाई आजदेखि ठोस आहार खुवाउन सुरू गरिएको जानकारी दिएका हुन् ।

‘आजदेखि उहाँलाई हिँड्डुल गराउन थालिएको छ,’ खड्गाले भनेका छन्, ‘ठोस आहार पनि दिन थालिएको छ । उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार भइरहेको छ ।’

साथै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलालाई पनि ठोस आहार दिन थालिएको उनले बताए । संग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेको उनले बताए ।

प्रधानमन्त्रीको आत्मबल मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडिको जस्तै रहेको र स्वास्थ्यमा पनि क्रमिक सुधार हुँदै आएको मिर्गौला प्रत्यारोपण सर्जन डाक्टर प्रेम ज्ञवालीले बताए ।

२३ फाल्गुन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको