विशेष अदालतबाट गच्छदारसहित ७४ जनालाई १५ दिने म्याद


फागुन २३, काठमाडौं । वालुवटार जग्गा प्रकरणमा विशेष अदालत काठमाडौँले नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पण्डेयले ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरिएको जानकारी दिए । उनका अनुसार गच्छदारसहित ७४ जनालाई ललिता निवासको सरकारी÷सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अदालतले म्याद जारी गरेको हो ।

गत फागुन १९ गते म्याद जारी गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले गच्छदारसहित १ सय ७५ जनालाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

ललिता निवास प्रकरणमा पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अदुअआका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पनि विशेष अदालतले १५ दिने म्याद जारी गरेको हो ।

अख्तियारले गत माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १ सय ७५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

२०७६ फाल्गुन २३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको