माघ २३, रोल्पा । रोल्पा त्रिबेणी गाउँपालिका ३ लिङदुङमा मोटर साइकलमाथि आगजनी भएको छ । २१ गते मंगलबार साँझ करिब साढेसात बजे तिर आगजानी भएको थियो । रातो कालो रंगको टि-ट्वान्टी मोडेलको रा ४ प ३९४४ नम्बरको बाईकमा अज्ञात व्यक्तिहरु द्वारा आगजनी भएको हो ।
आगजनी भएको बाईक जुँगार नेर्पा ५ का हरि प्रसाद ओलीको हो । ओली हाल तुलसीपुर उपमहानगरपालिका १२ मा बस्दै आएका छन् ।
दाङदेखि रोल्पा जुँगार जाँदै गर्दा करिब साढे सात बजेतिर लिङदुङ पुगेर पसलमा नास्ता खाइरहेको बेला पार्किंग गरेको बाइकमा अज्ञात व्यक्तिहरु द्वारा आगो लगाएको हरि प्रसाद ओलीले पोष्टपाटीलाई बताए । एक्कासि आगो लागेपछि मोटरसाइकल जलेर पूर्णरुपमा ध्वस्त भएको उनले बताए ।
उक्त घट्नाप्रति स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको ओलीले बताए ।
तस्बिर: जल्दै गरेको बाईक
प्रतिक्रिया दिनुहोस