एमसिसी परियोजना क्षेत्र बसन्तपुरको डाँडोमा विप्लव नेकपाको कालो ब्यानर


माघ २३, पाल्पा । अमेरीकी हिन्दप्रसान्त रणनीति अन्तर्गतको विवादीत परियोजना एमसिसीको भण्डाफोर गर्न पाल्पाको बसन्तपुर डाँडामा बिहिबार बिरोध सभा सम्पन्न भएको छ ।

बिरोध सभामै बसन्तपुर डाडोमा अमेरिकी सेना राख्ने भन्दै एमसिसिको गोप्य सम्झौता बमोजिम सोही क्षेत्रमा कालो ब्यानर टागेर बिरोध समेत गरिएको छ । उक्त विरोध कार्यक्रममा बोल्ने बक्ताहरुले राम्राज्यवादको बढ्दो हस्तक्षेप र अतिक्रमण विरुद्ध न्यायप्रेमी देशभक्त जनताहरु एकजुट हुनुपर्ने बताए ।

राष्ट्रिय हित विपरित हुने सबैखाले राष्ट्रघाती सन्धी सम्झौताका विरुद्ध आन्दोलन गर्नुपर्ने भन्दै बक्ताहरुले सामाजिक दलाल पूँजीवाद र राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध शसक्त भण्डाफोर गर्नुपर्ने बताए ।

आकासको अध्यक्षता र निशानको संचालनमा सम्पन्न भएको उक्त विरोध सभामा नेकपाका पाल्पा सेक्रेटरी भुवन जीसी प्रमुख अथिति रहेका थिए । विरोधसभामा स्थानीय बुद्धिजीवी देव पौडेल, कोइली सामुदायीक बनका सचिव ऋषीराम थापा, राष्ट्रिय जनमोर्चाका प्रतिनिधी कमल थापा र स्थानीय बासिन्दा दिपक गिरीले सम्बोधन गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बिरुद्ध देशैभरी बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । एमसिसीको मुख्य उदेश्य दक्षिण एसियामा अमेरिकाले खडा गरेको हिन्दप्रशान्त रणनीतिलाई अर्थराजनीतिक मोर्चाबाट कार्यान्वयन गराउने उदेश्य भएको र यसले नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी बनाउने भन्दै नेकपाले यसको विरोध गरेको हो ।

२०७६ माघ २३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको