दाङमा विप्लव नेकपाका दुई नेता अदालत परिसरबाटै पुनः पक्राउ


माघ २३, दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई दाङ देउखुरी जिल्ला अदालतले धरौटीमा छोडे पनि पुनः प्रहरीले अदालतको गेटबाटै  नियन्त्रणमा लिएको छ ।

रोल्पा इञ्चार्ज रोल्पा नगरपालिका २ का ५८ वर्षीय दलबहादुर खत्री र रुकुम जिल्ला सेक्रेटरी आठबिसकोट नगरपालिका ८ का ३१ वर्षीय चन्द्रबहादुर बुढालाई प्रहरीले अदालतमा जनही १५ हजार रुपैयाँ धरौटी तिरेर छुट्ने क्रममा पुनः नियन्त्रणमा लिएको हो ।

खत्री र बुढालाई गएको अशोज ३० गते राजपुर गाउँपालिका ४ मुङग्रेठा गाउँबाट पक्राउ गरी राज्यविरुद्धको संगठित अपराधमा मुद्दा चलाएको थियो ।

सो क्रममा पक्राउ परेका २१ जना नेताहरुलाई अदालतले जनही १५ हजार धरौटीमा छोड्न आदेश दिए पनि उनीहरु फेरि पक्राउ पर्ने भएका कारण कारागार जाने निधो गरेका थिए । त्यसपछि धरौटी बुझाएर निस्कने क्रममा ८ जना पुनः पक्राउ परिसकेका छन् ।

२३ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको