कोरोना भाइरस: मृतकको संख्या ५६५, संक्रमित २८ हजारभन्दा बढी


माघ २३, काठमाडौं । चीन र अन्य दुई मुलुकमा गरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५ पुगेको छ ।

भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एक/एक जनाको मृत्यु भएको हो ।

चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ । चीन र अन्य २ दर्जन मुलुकमा गरी काेराेना संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ ।

बुधबार मात्रै चीनमा थप ३ हजार ६ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो ।

त्यस्तै मंगलबार करिब ३ हजार ९ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

२३ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको