कोठा तातो बनाएर सुतेकी श्रीमतीको मृत्यु, श्रीमान् आइसियूमा


पुस २१, सुर्खेत । कोठा तातो बनाउनका लागि कोइला बालेर सुतेकी एक महिलाको घरभित्रै निस्सासिएर मृत्यु भएको छ ।

आइतबार राती सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडास्थित नयाँबस्तीकी चन्दा कामीको निस्सासिएर मृत्यु भएको हो ।

राति कोइला बालेर हरिबहादुर कामी, उनकी पत्नी चन्दा र छोरी एउटै कोठामा सुतेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले चन्दाको मृत्यु भएको बताए ।

एउटै कोठामा सुतेका उनका पतिको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । नातेदार लालबहादुर सार्कीका अनुसार हरिबहादुरलाई कोहलपुर मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

चन्दाकी छोरीको पनि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

२०७६ पुष २१,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको