कामरेडको दमनकारी सत्ता !

ज्वानाजङ्गरहरु ज्यानमारा हुन् सवै
पिछलग्गुहरु उसलाई मद्धत गर्छन राम्रै
कोर्रा हान्छन, कपाल लुच्छन सार्ह्रै हामीलाई
बनाई दिन्छन् नरक हाम्रो जिवनलाई
हृदय नभएका तिनिहरु, जंगली पशुहरु
ज्वानाजङ्गर ती राक्षसका मालिक हुन्
लुच्छन, पिट्छन, चिथोर्छन हामीलाई तिनिहरु
मोज उठाउछन हाम्रो दु:खमा, कष्टमा तिनिहरु ।

जर्मनीमा पर्ने सिलोसिया भन्ने प्रान्त अहिले पोल्यान्डमा पर्दछ । सिलोसिया प्रान्तको ब्रेस्लामा एउटा कपडा कारखानाको मालिक ज्वानाजङ्गरको शोषण, दमन र अत्याचारको बिरुद्द त्यहाँका मजदुरहरुको आवाज चर्किदै जादा ठूलो मजदुर बिद्रोह भएको थियो ।

माथी प्रस्तुत गरिएको गित त्यतिबेला ज्वानाजङ्गरको क्रुरता बिरुद्द मजदुरहरुले बनाएको गित हो ।

विश्व इतिहासमा दमन र अत्याचारले सत्ता टिकेको कुनै ईतिहास छैन । दमनले प्रतिशोध पैदा गराउछ । जुन भयानक हुने गर्दछ । नेपालको ईतिहास र अहिलेको बस्तुगत अवस्था आकलन गर्ने हो भने सरकारी ज्वानाजङ्गरहरु र मजदुररुपि जनताको अवस्था उस्तै देखिन्छ । हाल नेपालमा कम्युनिस्ट नामधारी सत्ताको दमनकारी नीति र क्रियाकलापलाई नियाल्दा त्यस्तै भएको छ ।

सरकारको आलोचना गर्नेहरु या सरकारले गरेका गलत कामहरुको बिरोध गर्नेहरु माथी कडा निगरानी गरिनु र दमन गरिनु न्यायोचित देखिएको छैन ।

यहाँ जनताद्वारा छानिएका प्रतिनिधि द्वारा होइन पैसा आर्जन गर्ने एउटा निरीह स्वार्थ भएका गिरोहको चाहनाको निम्ति अघोषित रुपमा शासन चल्दै आएको छ । दस बर्षे महान जनयुद्द गरेर आएकाहरु देखि झापा बिद्रोह गरि सत्तामा आएका दुई पार्टी तत्कालिन एमाले र माओवादीको फ्युजनबाट डबल नेकपाको सरकार बनेको छ । दुई तिहाई मत पाएको दम्भ देखाउदै सत्ता संचालन गरेको नेकपा असोचनिय व्यवहार र ब्यवस्थापनमा उत्रेको देख्दा अचम्म लाग्छ ।

यहाँ बिध्यार्थी देखि कवि, कलाकार, लेखक, पत्रकारहरुलाई सम्म दमन र धरकपड गरि झुठा र अब्यवहारिक अभद्रता गरिरहेको छ । विश्वमै अलोकप्रिय र असफल बनेको सम्सदिय ब्यवस्थामा कम्युनिस्ट हुँ भन्नेहरु संसदीय सत्तामा लिन भएर फासिवादी दमन, धरकपटमा उत्रेको सायद नौलो बिषय होइन होला ।

चीनमा च्याङकाई शेकले माओमाथि गरेको हमलालाई ‘घेरामा पार र दबाऊ’ भनेर व्याख्या गरिएको थियो । अहिले सत्तासिन डबल नेकपाको आदत र व्यवहार ठिक उस्तै भएको छ । आफुमाथी गरेका आलोचना, आक्रोश र बिरोध जनताले गर्नै हुदैन । उनिहरु बन्दुकको नालको आडमा जनताहरुमाथी दमन गरिहाल्छन । शक्तिशाली सरकार बनेको आकलन र मुर्खता गर्दै फासिवादी चरित्रका साथ पन्चायती शैली भन्दा कठोर अधिनायकवादी शैली आजको सरकारले देखाई रहेको छ ।

तत्कालिन माओवादीले सुरु गरेको जनयुद्द दबाउन र राज्यको दमनकारी नितिको प्रतिरोध गर्ने जिम्मा जनयुद्दको सुरुवाती समय राप्ती कार्यक्षेत्रमा रहेका र अहिलेका गृहमन्त्री बादललाई थियो । उनैले राज्यको दमनकारी नीति र जनबिरोधी गतिबिधी साथै बैज्ञानिक समाजवादका नाराहरु, शिक्षा र नितिहरु कार्यकर्ताहरुलाई बाड्ने गर्दथे । तर आज उनी, उहीँ दमनकारीहरुको अफिमको नसामा लठ्ठिदै प्रतिक्रियावादी र साम्राज्यवादको नसामा बगेको संसदीय सत्ता बचाउदै जनता बिरुद्द, जनचाहना र आकाक्षा बिरुद्द खडा हुँदै दमन, गिरफ्तार र हत्यासम्मको गतिबिधीलाई प्रोत्साहन र आदेश सम्म दिन पछि परेनन् ।

नेपालको ईतिहास हेरौ या बिश्वको ईतिहास हेरौ जहाँ राजनितिक पार्टीमाथी प्रतिबन्ध लगाउदै दमन गरिन्छ । त्यहाँ दमनकारीहरुको पराजय भएको ईतिहास छन । नेपालमा पनि प्रजातान्त्रिक लडाईमा काङ्रेशले प्रतिबन्ध खेप्नु पर्यो त्यस्तै तत्कालिन एमालेले समेत प्रतिबन्ध खेपेको ईतिहास छ भने दस बर्षे जनयुद्दमा तत्कालिन माओवादिले समेत सरकार द्वारा प्रतिबन्ध खेप्नुपरेको थियो र अहिले आफ्नो स्वर्णिम इत्तिहास जितेर आएका तिनै कम्युनिस्ट नामका फ्युजन डबल नेकपा सरकारले बिप्लव नेतृत्वको नेकपा माथी प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धको नतिजा आफैले भोगेको यथार्थमा र नतिजामा उचित मुल्यांकन भोगीसकेका आजका सत्ताधारीहरुले राजनितिक दलमाथी प्रतिबन्ध लगाउनु देशमा अशान्ति निम्त्याउनु हो र आफ्नो कमजोरीलाई बचाउन गरिने हतकण्डा बाहेक केही होइन ।

देशमा अहिले ब्याप्त भ्रस्टाचार छ । नेपाल बिश्वको भ्रस्टाचार अंकमा अहिले १ सय २४ औं स्थानमा छ । अबको गणनामा यो अझै बड्ने देखिन्छ । सरकारले जतिसुकै फुर्ती गरेर भ्रष्टाचारको अन्त्य गर्छु भनेपनी यो खाली चिल्ला गफमात्र सावित हुनेछ । किनकी भ्रस्टाचार गर्ने गिरोहद्वारा नै सत्ता समीकरण भएको छ । राज्यले जसले आफू बिरुद्द आवाज उठायो, जसले भ्रस्टाचार, गुण्डागर्दी, बलत्कारी, माफियाका बिरुद्द आवाज उठायो या भनौ जसले राष्ट्रहितका लागि आवाज उठाउछ उसैलाई दमन गरिरहेको छ । राज्य सन्चालन कसले गरेको छ भन्ने यथार्थ यसैबाट प्रष्ट हुन्छ । जसलाई कारवाही गर्ने हो त्यसलाई कारवाही गरिदैन, उल्ट्यो कारवाहीका भागिदारलाई बचाउ गरिदै दोषीलाई प्रश्रय दिने काम सत्ताले गरेको छ।

नेपालमा क्रमिक एक न एक घटना घटिरहेका छन् । नेकपा डबलको सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए तर त्यो दिवा स्वपना मात्र भएको छ । राज्यले क्रमिक रुपमा जनताको मौलिक हक खोस्दै गएको अनुभूति र यथार्थ जनताले बुझ्दै गएका छन । राज्य यति फासिवादि तरिकाले दमनमा उत्रन्छ भन्ने कल्पना जनताले गरेका थिएनन् तर ब्यवस्थाले राज्य संचालकको जिम्मा पाएकाहरु आज यो ब्यवस्था र माफियाको जालोमा चुर्लुम्म परेको पुष्टि सहित अनुभव गरिरहेका छन् ।

यहाँ पिडितलाई न्याय अधिकारबाट बन्चित गर्ने थुप्रै प्रयत्न भएका छन् । हिजो बिद्रोह गर्न उत्प्रेतित गर्नेहरु नै आज राज्यको सन्चालक छन तर बिडम्बना राज्यको ढुकुटीबाट सुखभोग गर्दा हिजोको बिद्रोहको नीति र मुद्दा नै भुले ।

सबैलाई जानकारी भएकै कुरा हो हिंसा निम्त्याउने प्रमुख कारक सत्ता नै हुन्छ । जो अहिलेको सत्ताले हिंसा निम्त्याउने काम गरेको छ । देशमा अहिले यस्तो नशा फैलिएको छ जहाँ हत्या, हिंसा, बलत्कार, दुर्घटना, भ्रष्टाचार, माफिया र दलालको मात्र प्रभ्रुत्व कायम रहेको कुराहरु मात्र आउने गर्दछन । जसको निराकरण गरिएकै छैन, उल्टै राज्यले यस्ता घटना घटाउनेप्रती सहानुभूति प्रकट गर्दै यस्ता प्रवृत्तिको बिरोध गर्नेमाथी मात्र दमन गर्दै आएको देखिन्छ । अहिले जेल भित्र रहेका कैदी र हिरासतमा रहेकाहरुको अबलोकन र आकलन गर्ने हो भने त्यहाँ निरअपराधिको संख्या अधिक होला । जसले पुष्टि गर्दछ कि यो सरकार न्यायमा समेत दमनकारी छ र जनताको बिरुद्द छ ।

यस्ता याबत कुराहरुले गर्दा अहिलेको सत्ता र राज्य संचालकको गलत रबैया, फासिवादी रबैयाका कारण भ्रष्टाचार, लुट, कमिशन, ब्यबिचारी र तस्करी मौलाएको छ । जनताहरु माथी अनेक प्रकारले दमनकारी नीति नियम पारित गरिदै आएको छ् । जनतालाई गणतन्त्र, संघीयता, समाबेशी, भन्दै शब्द्द मात्र प्रयोग गर्दै ठग्ने अवसर मात्र खोजी भएको छ । स्थानिय तह देखि केन्द्र सम्म यस्तै लुट र लुटेराको हालीमुहाली भएको छ । यदि यस्तै चलिरहने हो भने देशमा हरेक क्षत्रमा ब्यतिथीमात्र भेटिने छ ।

(लेखक जनपत्रकार संगठन नेपाल कास्कीका अध्यक्ष हुन)

प्रतिक्रिया दिनुहोस