गोरखामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


पुस २१, गोर्खा । गोरखा गोरखा जिल्ला भिमसेन थापा गाँउपालिका वडा नं ४ धावामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचानल गरिएको छ। मनासलु अस्पताल गोरखा ध्याम्पेशालको आयोजना र भिमसेन थापा गाँउपालिका वडा नं ४ धावा स्वास्थ्य चौकीको बिशेष सहयोगमा धावामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो।

मनासलु अस्पतालका चिकित्सकहरूद्वारा परिक्षण गरिएको उक्त शिविरमा हाडजोर्नी, पेट,छाती तथा मुटुको समस्या, नशा, सुगर प्रेशर,यौन तथा,छाला रोग लगाएत गर्भवतीको निशुल्क जाँच गरिएको थियो।

शिविरबाट दुईसय ५० भन्दा बढी सेवाग्राहीहरूले नि:शुल्क सेवा लिएका मनासलु अस्पतालका संचालक बिकास श्रेष्ठले बँताए। साथै स्वास्थ्य शिविरमा नि:शुल्क औषधि समेत बितारण गरिएको थियो।

२०७६ पुष २१,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको