थवाङमा वार्षिक परिक्षाको तयारी: फाल्गुन २२ देखि सन्चालन हुने


पौष २०, रोल्पा । थवाङ गाउँपालिकामा रहेका विध्यालयहरुले २०७६ सालको वार्षिक परिक्षा आउदो फाल्गुन २२ गतेबाट सन्चालन गर्ने भएका छन ।

गाउँपालिकाको कार्यालयमा युवा, खेलकुद तथा शिक्षा विकास शाखा प्रमुख भिमसेन बुढा मगरको अध्यक्षतामा भएको छलफलले वार्षिक परिक्षा बिषयमा केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । गाउँपालिका स्तरीय कक्षा ८ को परिक्षा र एसइइको सेन्टअप परिक्षाको बारेमा छलफल गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बिर वहादुर घर्ती, उपाध्यक्ष रामकिरणी रोका, ३ नं. वडा अध्यक्ष भिम बहादुर रोका, प्रमुख प्रशासकिय अधिकृत रेवत वहादुर बुढाथोकी एवम थवाङ गाउँपालिका सन्चालनमा रहेका विभिन्न विध्यालयका प्रधानध्यपक तथा विध्यालयका शिक्षकहरुको उपस्थितीमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कक्षा १ देखी कक्षा ९ सम्मलाई फाल्गुन २२ गते देखी चैत्र ४ गते सम्म सन्चालन गर्ने भएको छ भने उक्त परिक्षा सन्चालनको लागी सोही छलफल कार्यक्रमबाट युवा, खेलकुद तथा शिक्षा विकास शाखा प्रमुख भिमसेन बुढा मगरको संयोजक रहने गरी १३ जनाको गाउँपालिका स्तरीय परिक्षा समिती समेत गठन गरिएको छ ।

३ वटा माध्यामिक विध्यालय रहेको यस गाउँपालिकामा एसइइको सेन्ट अप परिक्षाको वारेमा भने ३ वटै विध्यालयले सहकार्य गरेर परिक्षा मिती तोक्ने भएको छ ।

उक्त वार्षिक परिक्षा सन्चालनका लागी गाउँपालिकाले एक लाख बजेट छुट्याउने गाउँपालिका अध्यक्षले घोषण गरेका छन् । परिक्षा समितीलाई रकम दिने घोषण गर्दै अध्यक्षले संघिय र प्रदेस सरकारले शिक्षा ऐन निर्माण नगर्दा स्थानीय तहमा काम गर्न असहज भएको बताए । उनले भने ‘नत हामीले आफै ऐन निर्माण गरेर काम नै गर्न सक्ने अवस्था छ, नत माथिल्नो सरकारले ऐन कानुन नै निर्माण गरेको छ ।’

थबाङ गाउपालिकामा ३ वटा माध्यमिक विद्यालय, ५ वटा आधारभुत विद्यालय, १३ वटा प्राथमिक विद्यालय र ३ वटा बाल विकास केन्द्र गरि २४ वटा सामुदायिक विद्यायलहरु छन भने, एक निजी विध्यालय यस गाउँपालिकामा सन्चालनमा रहेका छन ।

२१ पुष २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको