मगर संसार राहतकोषबाट २८ औं सहयोग हस्तान्तरण


 

पोष्टपाटी, काठमाडौं मंसिर २० । मगर संसार राहतकोषले दुबै मृगौला पिडित रामेछापका सुमीत मगरलाई रू.१०,०००/- सहयोग रकम हस्तांतरण गरेको छ । मगर संसार (Magar Sansar) फोटो ग्यालरी ग्रुप पेजद्वारा अति दीन, दुखी, गरीब, बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको मगर संसार राहतकोषबाट रामेछाप जिल्ला हाल पोखरामा उपचार गरी रहेका सुमित मगरलाई मगर संसार राहतकोषबाट रू.१०,०००/- सहयोग रकम आज मगर संसारका सक्रिय एडमिन/भाषिक उपाध्यक्ष शान्ति राना मगरको हातबाट सहयोग रकम हस्तांतरण गरिएको हो ।

मगर संसार राहत कोषमा अध्यक्ष तथा संस्थापक रुपन्देही जिल्लाका अनिल लामिछाने मगर हाल कोरियामा हुनुहुन्छ भने वरिष्ठ-उपाध्यक्ष राज लमतरी मगर बागलुङ, हाल जापान, उपाध्यक्ष यम.बी.मगर सिंधुली, हाल दुबई,अर्का उपाध्यक्ष रन्जु मगर धादिङ, भाषिक उपाध्यक्ष नबिन मगर, नवलपुर, अर्का भाषिक उपाध्यक्ष शान्ति राना मगर स्याङजा, महासचिव छिनिङ मगर सुर्खेत, सचिव एलीना थापा मगर गोरखा, हाल जापान, सचिव तिर्सना झेंडी मगर पाल्पा, हाल बुटवल, सचिव आयुष्मा मगर, पाँचथर र कोषाध्यक्ष प्रनिश आलेमगर रामेछाप, हाल काठमाडौंमा हुनुहुन्छ । त्यस्तै सदस्यहरु लक्ष्मी थापा मगर चितवन, मोनीका मगरनी पोखरा, हाल जापान, अञ्जली राना मगर बुटवल, प्रिया राना मगर नवलपरासीवाट हुनुहुन्छ भने सल्लाहकारहरुमा मन मास्की राना मगर, पोखरावाट, हाल इजरायल, बिखर्ची रोकामगर म्याग्दी, हाल मलेशिया, ज्योती रजाल मगर चितवन, हाल युके, माया घर्तीमगर पाल्पा, हाल काठमाडौंमा हुनुहुन्छ ।

मगर संसार राहतकोषका अध्यक्ष तथा संस्थापक समेत रहनु भएका अनिल लामिछाने मगरले संसारभरि छरिएर रहनुभएका मनकारी मनहरुलाई राहत कोषमा केहि सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो- ‘मगर संसार राहतकोषले मगर समुदायका बिभिन्न कला र संस्कृतिहरुलाई प्रचार र प्रबर्द्धनको लागि समयसमयमा बिभिन्न कार्यक्रम र बिभिन्न दीनदुखीहरुलाई सहयोग प्रदान गर्दै आएकाले यो अभियानमा जोडिन सबै मनकारी, दानी बिभिन्न व्यक्तिहरुलाई मगर संसार एडमिन समिति परिवार हार्दिक अपिल गर्दछ ।’

नजिकै आउंदै गरेको मगर समुदायको महान चाड माघेसंक्रान्तिको अबशरमा ‘मगर मौलिक लोक नृत्य प्रतियोगिता-२०७७’ को आयोजना गरेको छ ।

 

२० मंसिर २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको