तुलसीपुरमा जिप पल्टिदा बालकसहित ८ जना घाइते

फाइल तस्बिर

मङ्सिर २०, दाङ । तुलसीपुरको अम्बासमा जिप पल्टिदा एक बालक सहित ८ जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसपिुरमा उपमहानगरपालिका–३ निबासी ४८ बर्षका जुद्ध बहादुर थापा, २० बर्षका धरम बहादुर थापा,४१ बर्षका अमृता थापा, ८ बर्षका सन्दिप थापा, २३ बर्षकी मालिका कँडेल, १९ बर्षकी पुष्पा गुरुङ, सल्यानको त्रिवेणी गाउँपालिका १ काभ्रा निबासी ४० बर्षकी रेउती थापा र सिद्धकुमाख गाउँपालिका–४ निबासी २२ बर्षकी मन्जु खड्का रहेका छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुरबाट नाउलाका लागि छुटेकाे रा१ज ५०८ नम्बरको जिप अनियन्त्रीत भएर पल्टिदा दुर्घटना भएको हो ।

घटना साँझपख भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षाक झलक प्रसाद शर्माले तुलसीपुर खबरलाइ जानकारी दिए । जिपमा १२ जना सवार थिए । अन्य यात्रु भने सामान्य रहेका छन् ।

२० मंसिर २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको