दाङमा सल्यानका युवामाथि खु’कुरी प्र’हार, अवस्था गम्भीर


असोज १९, दाङ । सल्यानका एक किशोरमाथि आइतवार राति तुलसीपुरमा खुकु’री प्र’हार भएको छ ।

सल्यानको बागचौर ७ निवासी १७ बर्षीय दण्डविर खड्कामाथि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँमा खु’कुरी प्रहा’र भएको हो ।

खु’कुरी प्रहा’रबाट घाइते खड्काको घाँ’टीमा गहिरो घाउ लागेको छ । घाइतेको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि थप उचाकार लागि राति नै बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता झलक शर्माले जानकारी दिए । खड्कामाथि तुलसीपुर ६ बरुवा गाउँस्थित शिव चौधरीले सञ्चालन गरेको मदिरा तथा किराना पसल बाहिर राति ९ बजेतिर खुकु’री प्रहा’र भएको थियो ।

प्रहरी निरिक्षक शर्माका अनुसार मदिरा पसल सञ्चालक १९ बर्षीय चौधरीका भाइ १५ बर्षीय दिपेश चौधरी र सोही ठाउँकै १५ बर्षकै सन्देश सुनारले खड्कामाथि खु’री प्रहा’र गरेका हुन । ‘मदिरा सेवन पछि अलि महंगो भाउ लगाउनु भयो भनेर खड्काको समुहले भनेपछि सामान्ने विवाद भएको रहेछ,’ प्रहरी निरिक्षक शर्माले भने ‘ तर, उनीहरु खाएको सबै पैंशा तिरेर बाहिर निस्किए पछि एकाएक खु’कुरी प्र’हार भएको देखिएको छ।’

घाइते खड्कापनि आफ्ना ३÷४ जना साथीहरुका साथ त्यहाँ मदिरा सेवन गर्न पुगेको प्र’हरीले जानकारी दिएको छ । खड्कामाथि खु’करी प्र’हार भएपछि अरु उनका साथीहरुमाथि पनि कुटपिट भएपछि उनीहरु भागेको प्रहरीले बताएको छ । घाइते खड्का स्वएंमपनि झन्डै ५०० मिटर जति दौडिएर भाग्न र बाँच्न सफल भएकोे प्रहरीले जानकारी दिएको छ ।

पसल सञ्चालक चौधरीले भएको सामान्ने बिवाद पछि आफ्नो भाइलाई फोन गरेर खु’करीसहित बोलाएको देखिन आएको प्रहरीले जानकारी दिएको छ । घाइते खड्का तुलसीपुर ६ बरुवागाउँकै बिजय फनिचर उद्योगमा श्रमिकको रुपमा काम गर्दै आएका छन् ।

यसैबीच प्रहरीले पसल सञ्चालक चौधरी,उनका भाइ र आक्रमणमा संलग्न सुनारलाई गएराति नै नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ ।

२०७७ आश्विन १९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको