उपत्यकामा थपिए १५३१ कोरोना संक्रमित, देशभर कहाँ कति थपिए ? [विवरणसहित]


असोज १९, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ५३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप एक हजार ५३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका ११७८ जना, भक्तपुरका १०३ जना र ललितपुरका २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार काठमाडौंका १३७३, भक्तपुरका ३९ र ललितपुरका १८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। २३ हजार ५०७ कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना रहेका छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ०३३ जना रहेका छन्।

२०७७ आश्विन १९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको