पछिल्लो २४ घण्टामाथप १९ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या कति पुग्यो ?


असोज १९, काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ५५४ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ । हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या भने ८९,२६३ पुगेको छ। यस्तै आज १३,७८१ जनाको पीसीआर भएको छ।

२०७७ आश्विन १९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको