प्रदेश ५ को प्रदेशसभा कांग्रेसको अवरोध


असोज १९, बुटवल । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ । बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए ।

लगतै सांसदहरुले रोष्टम घेराउ गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।

संसद बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

२०७७ आश्विन १९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको