रोल्पामा म्याद गुज्रेका खाद्य सामाग्री जफत पछि नष्ट


असोज १९, रोल्पा । जिल्ला प्रशासन कार्यालय रोल्पाको अगुवाइमा लिबाङ बजार अनुगमन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.को नेतृत्वको टोलिले आइतबार बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा दैनिक उपभोग्य बस्तुहरु विक्री वितरण गर्ने पसलहरु, नास्ता/खाजा तथा मिठाइ पसलहरु, मदिरा बेचविखन गर्ने पसलहरुलाई मुख्य प्राथमिकतामा राखिएको थियो ।

अनुगमन टोलीले पसलहरुबाट म्याद गुज्रेका खाद्य सामाग्री जफत गरि आजै नष्ट गरेको छ भने मूल्यसूचि, विक्रिवील, खरिदवील र पसल दर्ता भएनभएको बारेमा ब्यवसायिहरुलाई सचेत गराएको छ ।

अनुगमनका क्रममा सदरमुकाम स्थिति घिमिरे किराना पसल, शिव किराना पसल, जय माँ दुर्गे मिठाई पसल, दीपा किराना पसल, प्रकाश किराना पसल, चोयबाङी किराना पसल, कालिका इन्टर प्राइजेज, नर्गिस खान स्टोर्स, अंकित मिठाइ तथा नास्ता पसल, दङ्गाली पसलबाट म्याद गुज्रिसकेर पनि विक्रि वितरणका लागि राखिएका सुजि, तेल, घिऊ, फ्रुटि, मदिरा लगायतका विभिन्न खाद्य पदार्थहरु जफत गरी नष्ट गरिएको थियो ।

बजार अनुगमनका संयोज सहायक प्रजिअ केसीले मानव स्वास्थ्यको खेलवाड गर्दै धन कमाउने नाममा मनोमानी ढंगबाट ब्यापार संचालन गर्नु कानून विपरित भएको बताए । आगामी दिनमा यस किसिमको गल्ती नदोहो¥याउन उनले सम्पूर्ण व्यवसायिहरुलाई निर्देशन दिएका छन ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाका अनुसार नियमित कार्यक्रम अन्तर्गत लिबाङमा अनुगमन गरिएको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासका कारण केही समय अनुगमन रोकिएको भएपनि अबका दिनमा बजार अनुगमनलाई निरन्तरता दिइने छ ।

उनका अनुसार केहीदिन अघि बसेको बैठकको निर्णय अनुसार प्रत्येक २ महिनामा एक पटक बजार अनुगमन गर्ने निर्णय गरिएको भएतापनि आवस्यकता अनुसार जुनसुकै समय र स्थानमा अनुगम बजार हुन सक्नेछ ।

प्रजिअ रानाले व्यापार व्यवसायिले गाउँतिर म्याद गुज्रेका सामाग्री पठाउने गरेका छन् भन्ने सुन्नमा आएको हुँदा यसतर्फ आफुहरुको विशेष ध्यानाकर्षण भएको जनाएका छन् ।

बजार अनुगमनमा कोष नियन्त्रक हेमन्तराज आचार्य, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक सन्तोष के.सी, सहायक प्रजिअ नवराज शर्मा दोरङ्गा, उद्योग अधिकृत तिलकराम वली, उद्योग बाणिज्य संघका उपाध्यक्ष केशवकुमार आचार्य, पत्रकार महासंघका प्रतिनिधि मिनराज रोका लगायतको उपस्थिति रहेको थियो ।

२०७७ आश्विन १९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको