प्रदेश ५: कडा सुरक्षाबीच नेकपा संसदीय दलको बैठक सुरू


असोज १९, बुटवल । प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक केहीबेरअघि सुरू भएको छ ।

प्रदेश राजधानी र नामबारे निर्णय गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक ११ बजेपछि सुरू भएको हो।

मुख्यमन्त्री शंकर पोखरेल नै ढिला आएकाले बैठक ढिला सुरू भएको हो । बैठकस्थल बाहिर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार सरकारले प्रदेश सभामा प्रस्ताव पनि पेस गरेको छ।

उक्त प्रस्तावमाथि छलफल गर्न आजै प्रदेश सभा बैठक बोलाइएको छ।

प्रस्ताव पारित गर्ने विषयमा भने नेकपाकै सांसदहरू नै विभाजित छन् । तीमध्ये सांसद विष्णु पन्थीले दाङ राजधानी बनाउने निर्णय गरे आफूले पार्टीको ह्वीप नमान्ने बताएका छन् ।

२०७७ आश्विन १९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको