असोज १९, काठमाडौं । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचल आजदेखि सुचारु हुने भएको छ ।
आजदेखि श्रम स्वीकृति दिने काम पुनः सुरु हुने ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।
वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ ।
कर्मचारी संक्रमित भएपछि यसअघि कार्यालय खुल्ला राखिए पनि सेवा भने बन्द गरिएको थियो ।
निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस