यो वर्षकै पहिलो आरोहण अनुमति प्रदान


भदौ २०, काठमाडौँ । कोभिड–१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ ।

महामारीले विश्वमै चर्चित नेपालकोल., पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ ।

आरोहण अनुमति प्रदान गर्ने पर्यटन विभागले शुक्रबार हिउँदयामका लागि वरुण से हिमालका लागि एउटा टोलीलाई उक्त अनुमति दिएको हो । विभागका अनुसार सात हजार १२९ मिटर उचाइको उक्त हिमालका लागि छ जनासहितको उक्त टोलीलाई अनुमति प्रदान गरिएको हो । अनुमतिबापत सरकारले १८ हजार रुपियाँ रोयल्टीसमेत प्राप्त गरेको छ ।

कोभिडकै कारण यस वर्षको मुख्य सिजनमै सगरमाथा आरोहण प्रभावित भयो । आरोहणका लागि विश्व चर्चित नेपालले ढिलै भए पनि यस वर्ष आरोहण अनुमति खुलाएको हो ।

मन्त्रिपरिषद्को यसै हप्ता बसेको बैठकले बहराइनका राजकुमारसहितको टोलीलाई पनि आरोहण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त टोलीले अहिलेसम्म विभागबाट अनुमति भने पाइसकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

२० भाद्र २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको