सुनको मूल्यमा नयाँ कीर्तिमानी, प्रतितोला १ लाख नाघ्यो !


साउन २१, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार सुन प्रतितोला १ लाख १ हजार ४ सय काय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान राखेको हो । नेपाली बजारमा सुनको मूल्य लाखभन्दा बढी पुगेको यो पहिलो पटक हो।

यसैगरी चाँदीको मूल्य आज १२ सय ९५ रुपैयाँ प्रतितोला पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको महासंघले जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण सुरक्षित लगानीको क्षेत्र भन्दै लगानीकर्ताले लगानी गर्न थालेपछि मूल्य निरन्तररुपमा उकालो लाग्दै आएको छ । व्यवसायीका अनुसार सुनलाई सुरक्षित लगानी मानिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिने अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ता सुरक्षित हुन खोज्छन् । अन्य क्षेत्रको लगानी झिकेर सुनमा बढाउँदा मूल्य बढ्नु गएको व्यवसायीको भनाई छ । मूल्य बढेसँगै कारोबार ठप्प छ ।

२१ श्रावण २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको