भारतमा एकैदिनमा झण्डै २५ हजार नयाँ सङ्क्रमित थपिए


असार २१, काठमाडौं । भारतमा एकैदिनमा झण्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो |

भारतमा एकैदिन सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ७३ हजार १६५ पुगेको छ ।

तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ४ लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या १९ हजार २६८ पुगेको छ । ती मध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । एजेन्सी

२०७७ असार २१,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको