काठमाडौंमा एकै दिन भेटिए २७ जना कोरोना संक्रमित


असार २१, काठमाडौं । संघीय राजधानी काठमाडौं विस्तारै कोरोना संक्रमणको जटिल मोडतर्फ प्रवेश गर्दैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार आइतवार काठमाडौंमा मात्रै २७ जना कोरोना संक्रमित भेटिएका हुन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जको पिसिआर ल्याबमा गरिएको परीक्षणबाट २१ जना संक्रमित भेटिएका गौतमले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना संक्रमित भेटिएका छन् ।

उनका अनुसार वीर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका अर्का एकजना संक्रमित भेटिएका छन् । त्यसैगरी त्रिवि शिक्षण अस्पालको ल्याबमै गरिएको परीक्षणमा भक्तपुरका १ जना र ललितपुरका दुईजनामा पनि संक्रमण भेटिएको छ । काठमाडौं उपत्यका यति धेरै संख्यामा पहिलो पटक संक्रमितहरु भेटिएका हुन् ।

२१ असार २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको