नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि


असार २१, नुवाकोट | नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ |

टेकु अस्पतालमा गरिएको परीक्षणमा एक जना र शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नुवाकोटमा सक्रमितको सङ्ख्या २६ पुगेको छ ।

नेपालमा आइतबार थप २९३ जना संक्रमित थपिएका छन् | योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ | नेपालमा हालसम्म ६ हजार ५४७ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् |

२०७७ असार २१,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको