पछिल्लो २४ घण्टामा २९३ संक्रमित थपिए, १३२ जना संक्रमण मुक्त


असार २१, काठमाडौं | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेको छैन | नेपालमा कोरोना संक्रमित ग्राफ दिनानुदिन ओकालो लाग्दै छ | आइतबार थप २९३ जना संक्रमित थपिएका छन् | योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भइसकेको छ |

नेपालमा हालसम्म ६ हजार ५४७ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् | पछिल्लो २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन् ।

२०७७ असार २१,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको