ओली र ‘प्रचण्डबीच बालुवाटारमा झण्डै डेढ घण्टा छलफल


असार २१, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा झण्डै डेढ घण्टा छलफल भएको छ ।

आजको छलफल भोलि विहान फेरि बस्ने गरी टुंगाइएको हो । वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएरै छलफल टुंगिएको हो ।

दुई अध्यक्षबीचको आजको वार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए ।

अध्यक्ष दाहालका तर्फबाट ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा सहभागी भएका थिए । नेकपा स्थायी समिति बैठक भोलि ११ बजे बस्दै छ । स्थायी समिति बैठकअघि ६ नेताहरुबीच पुनः छलफल हुनेछ ।

२०७७ असार २१,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको