नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


असार २१, गलकोट । नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ | बागलुङको ढोरपाटन नगरपालिकास्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका निसीखोला गाउँपालिकाका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला–२ का २९ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका उनको आइतबार बिहान मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए । लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

मिर्गौला, फोक्सो र स्वासप्रस्वासमा समस्या देखिएपछि भारतमा उपचार गराउन गएका उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि फर्किएको बुझिएको डा. मल्लले जानकारी दिए ।मृतक युवकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ |

२०७७ असार २१,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको