कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने


असार २१, काठमाडौं । यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ ।

वैशाख २१ गतेबाट हुने भनिएको परीक्षा कोरोना भाइरसको महामारीका कारण नहुने भएको हो । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।

विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।

२०७७ असार २१,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको