म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइयो


जेठ २३, काठमाडौं | कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार सुरू भएको छ ।

शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ ।

म्यानमार सेनाको विमानबाट उनीहरुलाई नेपाल ल्याइएको छ | पहिलो चरणमा नेपाल ल्याइएका उनीहरुलाई नेपाली सेनाले तयार पारेको वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगिएको छ ।

सैनिक स्रोतका अनुसार, उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।

प्रदेश नं ३, ४ र ५ घर भएकालाई मात्र काठमाडौंमा राख्ने भनिए पनि म्यानमारबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको स्रोतले बताएको छ ।

२०७७ जेष्ठ २३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको