चलचित्र विकास बोर्डको अध्यक्षमा दाहाल नियुक्त


जेठ २३, काठमाडौं | चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् |

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको हो । गत मंसिरमा तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएपछि सो पद रिक्त रहेको थियो |

चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापालगायत पनि रहेका थिए ।

नवनियुक्त अध्यक्ष दाहालले झन्डै ४० वटा चलचित्र निर्देशन गरेका छन् ।

२०७७ जेष्ठ २३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको