वैशाख २२, काठमाडौ । ¨काेभिड-१९ काे विश्वब्यापि त्रास कायममै भएकाे समयमा अनलाइन प्रणाली बारे जानकारी दिने उधेश्यले शिक्षा प्रबिधि नेपालकाे अायाेजनामा शिक्षामा सुचना प्रबिधिकाे अवसर बिषय एकदिने वेवइनार(webinar) कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रम गुगल मिटको प्रयोग गरि संचालन गरिएकाे थियाे । उक्त कार्यक्रममा करिब ४० जना सुचना प्रबिधि प्रेमि ब्यक्तिहरूकाे सहभागीता रहेकाे थियाे । प्रस्तृतकर्ता रूपमा त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक राेमकान्त पान्डेका साथै काठमाडौं विश्वविद्यालयका उप-प्राध्यापक डा.जिवक राज ब्रजाचार्य हुनुहुन्थ्यो ।
उप-प्राध्यापक पान्डेले लकडाउनकाे समयमा मात्र नभएर अब शिक्षामा अाईसिटी इन्ट्रीग्रेशन गरि सिकाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयाे भने डा.ब्रजाचार्यले बिधालय, शिक्षक र बिद्यार्थीको अवस्था अनुसारका प्रविधिको प्रयोग गर्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा नेपालको अहिलेको अवस्थामा कुन कुन आइसिटीका टुल्सहरुको प्रयोग गर्न सकिन्छ भनी प्रयोग गर्ने तरिका र प्रयोगको प्रभावकारिताको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्नु भएको थियो !कार्यक्रम करिब २ घन्टाको समयलाई लिएर संचालन गरिएकाे थियाे ।
कार्यक्रम समापन सँगै शिक्षा प्रबिधि नेपालका अध्यक्ष सुरेन्द्र न्याैपानेले प्रस्तृतकर्तालाई बिशेष धन्यवाद दिनुका साथै अब अनलाइन, भर्चुवल शिक्षा अहिलेको आवश्यकता हो होइन भनी वाद विवाद गर्ने बेला नभइ नेपालको परिवेश अनुसार जुन ठाउँमा जस्तो खालका ICT tools को प्रयोग गर्न सकिन्छ त्यो बिषयमा व्यापक छलफल हुने पर्ने बताउदै सहभागिता का लागि सबै सहभागीलाई धन्यवाद दिनु भयो ।
प्रतिक्रिया दिनुहोस