५० हजार स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय

फाइल तस्बीर

चैत २३, काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र उपचारमा ग्रामीण स्वयंसेविकाहरू परिचालन गर्ने भएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले देशभर रहेका त्यस्ता स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले देशमा झन्डै ५० हजार स्वयंसेविका रहेको जानकारी दिँदै उनीहरूलाई विशेष भत्ता र बिमा व्यवस्था गरेर खटाइने बताए।

यसअघि सरकारले कोरोना रोकथाम र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई २५ लाख बिमा र ५० देखि १०० प्रतिशत भत्ता दिने निर्णय गरेको छ।

कस्ता स्वास्थ्यकर्मीले कति भत्ता पाउने भन्ने कार्यविधि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरिसकेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाए।

२३ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको