दाङमा दमकलबाट वि’षादी छर्न सुरु


चैत २३, दाङ । तुलसीपुर उपमहानगरपालिकाले विभिन्न ठाउँमा भाइरस ना’सक औ’षधि छर्न सुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण कम गर्न पहिलो चरणमा बजारका वढी भिडभाड हुने क्षेत्रमा औषधि छर्किन सुरु गरेको नगर प्रबक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए । आइतवार विहान तरकारी वजार, राप्ती प्रादेशिक अस्पताल लगाएको ठाउँमा औ’षधि छरिएको उनले बताए ।

बसपार्क, मासु वजार लगायत अन्य ठाउँमा पनि वि’षादी छरिने भएको छ । रोटरी क्लव र रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीको व्यवस्थानमा उपमहानगरपालिकाले औ’षधि छर्न सुरु गरेको हो । मानिसको वाक्लो वस्ति भएको र जमघट हुने वढी सम्भावना रहेका सबै क्षेत्रमा औ’षधि छर्ने क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष नविन राइले जानकारी दिए ।

उनले क्लवको तर्फबाट औ’षधिको व्यवस्था गरिएको जानकारी दिए । राईले भने –‘उपमहानगरपालिको प्राविधिक सहयोग गरेको छ र हामीले औ’षधि व्यवस्थापन गरेका हांै।’

विपत्तिको समयमा नागरिकलाई कोरोनावाट जोगाउन केही गरौं भन्ने उदेश्यका साथ विषादी छर्न थालिएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देववहादुर केसीले जानकारी दिए ।

क्लवका तर्फबाट अन्य सहयोगपनि गर्ने उनले आश्वासन दिए । दुवै क्लवहरुले सामाजिक कामलाई अग्रता दिदै आएका छन् ।

२३ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको