खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनामा कोरोना परिक्षण रिपोर्ट आयो


चैत २३, काठमाडौं । भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९४ जनामा कोरोना संक्रमण नभएको पुष्टि गरेका हुन्।विभिन्न संक्रमित मुलुकबाट नेपाल आएकालाई क्वारेन्टाइनमा राखिएको थियो।

यसअघि खरिपाटीको क्वारेन्टाइनमा चीनको वुहानबाट १ सय ७५ जनालाई राखिएको थियो।सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्किएका थिए।

आइतबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १५ सय २९ कोरोना परीक्षण गरिएको छ।जसमध्ये ९ जनाको कोरोना रिपोर्ट पोजेटिभ भएको पुष्टि भएको छ।हाल उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

अन्य १ सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। उपत्यकामा १२ र उपत्यका बाहिर १०१ गरेर एक सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। कोरोना भए/ नभएको जानकारी लिन मोबाइल एप र साइटबाट सही विवरण भरिदिन मन्त्रालयले आग्रह गरेको छ।मन्त्रालयका प्रवक्ता देवकोटाले भने,’ कतिपय इन्ट्री गरिएका विवरण सही छैनन्। कृपया सही विवरण भरेर पठाउनुहोला। जसले हामीलाई बिरामीसमक्ष पुग्न सजिलो होस्।’

यस्तै प्रवक्ता देवकोटाले कैलाली, कंचनपुर र बागलुङमा देखिएका कोरोना संक्रमित व्यक्तिको नजिक रहेकाको र क्वारेन्टाइमा रहेकोहरुको र्‍यापिड डाइगोनिस्ट टेस्ट प्रविधिबाट कोभीड -19को परीक्षण गरिने जानकारी दिए।उक्त प्रविधिबाट परीक्षण गरिएकाको रिपोर्ट पोजेटिभ देखिएमा पुन:परीक्षण गरिने पनि देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।

देवकोटाका अनुसार चैत्र महिनामा नेपाल प्रवेश गरेका र सम्पर्कमा रहेका सबै व्यक्तिको कोरोना संक्रमण टेस्ट गरिने भएको छ।

२०७६ चैत्र २३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको