कोरोना विरुद्द लडिरहेको काठमाडौँ [फोटो फिचर]

चैत्र २३, काठमाडौँ। नोवेल कोरोना भाईरसको कारण संसारका ठुला शहरहरु यतिबेला सुनसान छन् । मानिसहरु घरभित्रै बसेर कोभीड – १९ बिरुद्द लडिरहेका छन् ।

त्यसैगरी नेपालको राजधानी काठमान्डौ उपत्यका पनि लकडाउनको कारण सुनसान छ । भिडभाड र धुलो धुवाले कुरूप बनेको राजधानी काठमान्डौ यतिबेला सुन्दर अनि सफा देखिएको छ । सपना बोकेर काठमान्डौको सडक गल्लि र चोकहरुमा भौतारिने मानिसहरु यतिबेला गाउँ फर्किएका छन् ।

हिजो अभाव र बेब्धान लाग्ने दुर्गम गाउँ प्यारो लागेको छ । सुगमता पछ्याउदै शहर पस्नेहरु दुर्गमता पछ्याउदै गाउँ पसेका छन् ।

क्षण-क्षणमा भेटिने सपनाका हरपलहरु यतिखेर सुनसान छन् । आर्कोतिर कोभीड आतंकले मानिसहरुलाई अनुसारित र मर्यादित बनाएको छ । मुक्ति र अधिकारका लागि आक्रान्त मनहरु शान्त छन् । राजनीतिक खिचातानीहरु केहि समयका लागि लोपोन्मुख छन् ।

मानिसहरुका उग्र आत्माहरुमा लगाम लागेको छ । सबै एक भएर निर्दयी कोरोना भाइरस बिरुद्द घरभित्रैबाट लडिरहेका छन् । मानिसहरु सरसफाईमा जुटेका छन् ।

कुरुरक्षेत्रको समरमा उत्रिएको कोरोनालाई मौनताको लडाई नै अन्तिम अस्त्र हो । जसका बिरुद्द लड्न, नत हतियारको खाँचो छ, नत सैन्य दलबलको खाँचो छ, नत बमबारीको आबस्यक छ । बस ठुलो अचुक हतियार क्वारेन्टाइन बनेको छ । कोरोनालाई परास्त गर्न सबै भन्दा शक्तिशाली एटम बम सेल्फ क्वारेन्टाइन हो ।

आत्मबल बढाएर सेल्फ क्वारेन्टाइनमा बस्नुस हाम्रो जित अवस्यम्भावी छ ।

त्यसैले कृपया सबै घरभित्रैबाट निर्ममता पुर्वक लडौ । जसरि काठमान्डौका सडक गल्लीहरु सुनसान भएर लडिरहेका छन् ।

तस्बिरहरु: केबी गुरुङ/गोपाल चन्द

प्रतिक्रिया दिनुहोस