र्‍यापिड टेष्टका लागि कैलाली, कञ्चनपुर र बागलुङमा टोली खटाइयो


चैत २३, काठमाडौं । सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा काेराेना संक्रमणकाे पहिचान गर्न र्‍यापिड टेष्टका लागि टोली खटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रण तथा उपचार सम्बन्धमा गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ति तीन जिल्लामा टोली पठाइएको जानकारी दिएका हुन्।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार आइतबार बसेको राष्ट्रिय अनुसन्धान परिषद्, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ टोलीको बैठकले आइतबार नै तिनवटा जिल्लामा खटाउने टोली बनाइ पठाएको डा. देवकोटाले बताए।

ती जिल्लामा ठूलो संख्यामा कोरोना भाइरसको नमुना परीक्षण गर्ने र शंका लागेकालाई पीसीआर प्रविधिबाट पुनः परीक्षण गर्ने निर्णय गरिएको शनिबार सरकारका प्रवक्ता, अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले बताएका थिए ।

२३ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको