प्रचण्डलाई जु’त्ता प्र’हार गर्ने तिरुवा विप्लवका कार्यकर्ता होईन्, स’हिद परिवारका सदस्य हुन्: प्रहरी

रतन तिरुवा

फागुन २२, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि सार्वजनिक कार्यक्रममा जु’त्ता प्र’हार गर्ने जुम्लाका रतन तिरुवा स’हिद परिवारका सदस्य रहेको पुष्टि भएको छ ।

महानगरीय अप’राध महाशाखाका एसएसपी सहकुल थापाको संयोजकत्वमा गठित छानबिन समितिले जु’त्ता प्र’हार गर्ने तिरुवाका बुवा मोहन तिरुवा २०५६ सालमा सुरक्षा’कर्मी’बाट मा’रिएको पुष्टि भएको छ ।

फागुन १८ गते राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा भाषण गरिरहेका पूर्वप्रधानमन्त्री दाहाललाई तिरुवाले ता’केर जु’त्ता प्र’हार गरेका थिए । तर, सुरक्षा’क’र्मीको सावधानीका कारण प्र’हार गरिएको जु’त्ताले दाहाललाई लाग्‍न पाएको थिएन ।

‘जु’त्ता प्रहार कुनै योजनाब’द्ध रुपमा हानिएको पाइएन, आ’बेगमा आएर घटना घटाएको पाइयो,’ एसएसपी थापाले भने, ‘उनका बुवा मोहन तिरुवाको २०५६ सालमा सरकारी सुरक्षा’कर्मीको कारबाहीमा मारिएको पनि पाइयो ।’ तिरुवा प्रतिबन्धित विप्लव नेकपासँग आबद्ध नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।

जु’त्ता प्रहा’रको घटनापछि महानगरीय प्रहरी आयुक्त डीआईजी विश्वराज पोखरेलले थापाको संयोजकत्वमा काठमाडौं परिसरका डीएसपी होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर युवराज तिमल्सिना सम्मिलित आन्तरिक छानबिन समिति गठन गरेका थिए । समितिले बुधबार पोखरेललाई प्रतिवेदन बुझाएको छ । ५ पेजको प्रतिवेदनमा घटना पूर्व निर्धारित नभएको उल्लेख छ ।

तर घटना भएकै दिन सत्तारुढ नेकपा जुम्लाले रतन तिरुवा प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति भएको र उनी नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको नेकपाममा रहेको दाबी गरेको थियो । तर एसएसपी थापाले तिरुवा विप्लव नेकपासँग आबद्ध रहेको नभेटिएको बताए ।

तिरुवा आफ्ना २ दाजुका साथ डल्लुमा भाडामा बस्दै आएका छन् । उनी अमिनतर्फ लोकसेवाको तयारीमा रहेको पनि खुलेको छ । जु’त्ता प्रहार लगत्तै तिरुवालाई प’क्राउ गरी प्रहरीले मुलुकी अप’राध संहिता ऐन २०७४ अनुसार अ’भद्र व्यवहारको क’सुरमा हिरा’सतमा राखेर अनुसन्धान गरिरहेको छ ।

उनीमाथि कसु’र पुष्टि भए १ वर्षसम्म कै’द वा १० हजार जरि’वाना वा दुवै स’जाय हुनसक्ने कानु’नी प्रावधान छ । छिट्टै तिरुवा विर’द्धको कसुरमा प्रशासनमा मु’द्दा दायर गरिने काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

२०७६ फाल्गुन २२,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको