कृषि विकास बैंक र फोनपेबीच सम्झौता


फागुन २२, काठमाडौँ । कृषि विकास बैंक र फोन पे बिच सम्झौता भएको छ। फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिने सम्बन्धी सम्झौता भएको हो ।

यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट पनि विस्तार गर्ने भएको छ ।
सो मध्यमबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त सम्झौता पत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट गु्रपका अध्यक्ष विस्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।

विद्युतिय माध्यमवाट भुक्तानी गर्दा बैंकसँग खाता भएका ग्राहकहरुले निश्चित छुट सुविधा (क्यास ब्याक) पाउने बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख बाशु अधिकारीले जानकारी दिए ।

बैंकले २ सय ७४ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटिएम टर्मिनल, ८५ हजार डेविट कार्ड ग्राहक, २ लाख ३७ हजार मोवाईल बैंकिङ्ग ग्राहक, १४ लाख खाता ग्राहक, ४७ वटा कार्यालयवाट सरकारी कारोवार लगायत बैंक जमानत, प्रतितपत्र, विदेशी मुद्रा विनिमय लगायत आधुनिक भुक्तानीका सेवासहित सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

फोन पे सर्विस लिमिटेडका ९२ हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । फोन पे मा मासिक २ लाख भन्दा धेरै कारोबार हुने गरेको कम्पनीले जनाएको छ ।

२२ फाल्गुन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको