फक्सवागन भारतले सार्वजनिक गर्‍यो बीएस ६ मापदण्डको पोलो र भेन्टो


फागुन २२, काठमाडौं । फक्सवागन भारतले बीएस ६ मापदण्डको पोलो र भेन्टो कार सार्वजनिक गरेको छ ।

भारतमा हाल बीएस ४ मापदण्डका गाडी उत्पादन हुँदै आएकोमा अप्रिलदेखि बीएस ६ मापदण्डका गाडी मात्रै उत्पादन गर्न पाइनेछ।

अब दुवै कार १.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। फक्सवागन प्यासेन्जर कारका निर्देशक स्टेफन न्यापले फक्वागन जहिले पनि राम्रो प्रविधिका गाडी बजारमा ल्याइरहेको बताएका छन्।

‘बीएस ६ भेरियन्टका पोलो र भेन्टो बजारमा ल्याउन पाउँदा हामीलाई गर्व छ। सरकारले अख्तियार गरेको नीतिअनुसार बीएस ४ बाट बीएस ६ मा गएका हौँ’, उनले भने।

भारतमा पोलोको मूल्य ५ लाख ८२ हजार भारु रहेको छ भने भेन्टोको ८ लाख ८६ हजार भारु राखिएको छ।

नयाँ १.० पेट्रोल मोटर ईए २११ इन्जिन फेमिलीअन्तर्गतको रहेको छ। उक्त इन्जिनले १०८ बीपीएच र १७५ एनएम टर्क जेनेरेट गर्छ।

२२ फाल्गुन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको