प्रदेश सांसद रावललाई ४ दिन थुनामा राख्न अनुमति


फागुन २२, काठमाडौं । बला’त्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका नेकपा सांसद अक्कलबहादुर रावललाई ४ दिनको म्याद दिइएको छ ।

कैलाली जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो ।

अछाम क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेश सांसद रावलमाथि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलामाथि बला’त्कार प्रयास गरेको आरोप लागेको छ ।

पीडित भनिएकी महिलाले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा दिएको उ’जुरीका आधारमा उनी बुधबार प’क्राउ परेका थिए । प्रहरीका अनुसार घटना गत माघ २१ गतेकै भएपनि ढिलागरी उजुरी परेको थियो ।

२०७६ फाल्गुन २२,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको