गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षविरुद्ध ५१ लाखको भ्रष्टाचार मुद्दा


फागुन २२, काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध जनही २५ लाख ५० हजार गरी ५१ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मु’द्दा दर्ता भएको छ ।

गाउँपालिकाको बजेटबाट निर्माण भएको सडकको अन्तिम भुक्तानीका लागि ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिएको फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनाविरुद्ध भ्रष्टाचार मु’द्दा दर्ता गरेको हो ।

अख्तियारका अनुसार गाउँपालिका अध्यक्ष केसी र वडाध्यक्ष शाहीले ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई डर, धम्की देखाएर विभिन्न मितिमा गरी २५ लाख ५० हजार रुपैयाँ घु’स लिएको देखिएको छ ।

अख्तियारले दुवै जनावि’रुद्ध जनही २५ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र ६ वर्षसम्म कै’द स’जाय मागदाबी गरेको छ ।

२२ फाल्गुन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको