उपराष्ट्रपति र रक्षामन्त्रीसँग भारतीय राजदूतले गरे भेटवार्ता

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसंग भेटवार्ता गर्दै भारतीय राजदूत विनय मोहन क्वात्रा

फागुन २२, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् ।

क्वात्राले उपराष्ट्रपतिलाई लैनचौरस्थित उपराष्ट्रपति कार्यालय र रक्षामन्त्रीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर भेट गरेका हुन् ।

सो क्रममा राजदूत क्वात्राले एक पुस्तक उपहार दिएका थिए । विश्वभरका प्रमुख व्यक्तिहरुको भिजन र योजनाबारे समेटिएको सो पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओलीको लेख समेत समावेश छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसंग भेटवार्ता गर्दै भारतीय राजदूत विनय मोहन क्वात्रा

क्वात्राले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए । सोलगत्तै उनले उपराष्ट्रपति र रक्षामन्त्रीलाई भेटेका हुन् ।

२२ फाल्गुन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको