लक्ष्मी बैंकका अध्यक्ष घिमिरेले लिए सपथ


माघ २२, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्।

बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेे घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो।

सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरुको समेत उपस्थिति थियो।

नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन्। उनीसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव छ।

२२ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको