ललिता निवास प्रकरण: गच्छदारसहित डेढ सयभन्दा बढीविरुद्ध विशेष अदालतमा मुद्दा


माघ २२, काठमाडौँ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारेको प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति विजय गच्छदारसहित पूर्वसचिव एवं अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध भ्रष्टाचार मुद्दा पेस गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आायोगले गच्छदार, बस्न्यात, डम्बर श्रेष्ठसहित १ सय ७५ व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको थियो ।

त्यतिबेला गच्छदार भौतिक पूर्वाधारमन्त्री थिए भने बस्न्यात उक्त मन्त्रालयमा सचिव थिए । यो मामिलामा अन्य दर्जनौँ पूर्वपदाधिकारी जोडिएका छन् ।

अख्तियार उच्च स्रोतका अनुसार उनीहरूविरुद्ध केही बेरअघि विशेष अदालतमा मुद्दा पेस गरिएको छ ।

२२ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको