क्रिकेट प्रशिक्षक पटवालको राजीनामाबारे क्यान अनविज्ञ


काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा माघ २२ गतेदेखि सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, आमोन र अमेरिकाबीच त्रिकोणात्मक सिरिज सकिएसँगै लागू हुने गरी पटवालले राजीनामा दिएका हुन्। सिरिज २९ गतेसम्म चल्नेछ।

पटवालले आफ्नो राजीनामा आईसीसीमा पठाएको र नेपाल क्रिकेट संघ (क्यान) मा पनि बोधार्थ गराएका छन्। क्यानले भने पटवालले राजीनामा दिएको कुरा सञ्चार माध्यमबाट थाहा पाएको र राजीनामाबारे औपचारिक जानकारी नभएको बताएको छ।

पटवालले दुईसाता अघि राजीनामा दिए पनि आइतबार मात्र राजीनामाको विषय बाहिर आएको हो। पटवाललाई आईसीसीले सन् २०१९ को जुनमा एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक बनाएको थियो। उनी पहिला पनि नेपालको ब्याटिङ कन्सल्ट्यान्ट थिए।

२२ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको