लाखौं हरामीहरुको भिडमा एउटा यस्तो हरामी पनि थियो जसको नाम थियो ‘कन्या कुमार’ । उसको नामर्दपनको बखान गरेर साध्य थिएन । म त उसलाई हरामखोर नै भन्छु । को थियो त्यो नामर्द हरामखोर कन्या कुमार ? यसको नालिबेली अन्तिममा बताउने नै छु ।
बाबू आमाले पढाउन नसकेको होइन । घरको अबस्था राम्रै थियो । खान लाउन पुग्थ्यो । नेपालको सन्दर्भमा यसलाई ठिकैको परिवार मानिन्छ । बबुरो त्यो लफङ्गो आफै पढेन । बाबू आमाले स्कुल पठाए पनि कि चौतारीमा गुच्छा खेल्न जान्थ्यो कि माछा भ्यागुतो मार्न खोला जान्थ्यो । कहिलेकाही भैंसी खेल्ने आलमा पनि पौडी खेल्न जान्थ्यो तर बाठो थियो, ठ्याक्कै चार बजे झोला भिरेर घरतिर लाग्थ्यो । जसले गर्दा बाबू आमालाई लाग्थ्यो कि छोरो स्कुल गइरहेको छ ।
उ ५२ सालको आधाउदि तिर जन्मेको हो । ठ्याक्कै भन्नू पर्दा चैत १९ । जानी राखेको राम्रो हो ।
सल्यान जिल्लाको हालको त्रिवेणी गाउँपालीका लिसेखोला भन्ने टोल नै उसको स्थायी ठेगाना छ । गाउँकै स्कुल श्री सरस्वती मावि सिम्कमा पढेको । पढाइ कति हो सोध्नुहोला । अहिले चाहिँ ईमानदारका साथ भन्छ, चोरेको होइन ढाटेको होइन, के को लाज ? के को शरम ? दशको आधा हो ।
६४ सालको एउटा बिहानी थियो, म संगैको एकदम मिलनसार साथीसंग घरमा कसैलाई नभनी सुटुक्क त्यो हरामी केटो घर छोडेर भाग्यो । जतिवेला उ ११ बर्षको थियो । उसको साथीले अलि बढी नै गफ दिएको थियो ।
उसको साथी पहिलै दाङमा खलासी काममा लागेको थियो । गाउँ गएको वेला सिनेमाको कुरा, पैसाका कुरा, मिठोमसिनो खानाका कुराले मुखमा -याल निकालिदिएकै हो । त्यही लोभले उसलाई त्यागी बनाइदियो ।
खलासीको साथी के नै हुनु थियो र ? खलासी नै भयो । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ समाज, नयाँ संस्कृती । भाषा फरक, फरक लवाईखवाई । मेरो लवज सुनेर गिज्याई पाएँ । बोल्न त ठिकै बोले जस्तै लाग्थ्यो । पाखे पनि भन्थे । पाखेको शाब्दिक अर्थ थाहा नभए पनि यहि अनुमान लगाइसकेको थिएँ कि यो कुनै निच शब्द नै होला ।
स्टाइल पारेर बोल्न थाले । मलाई यो साबित गर्नु थियो कि बास्तबमा म पाखे होइन र कुनै पनि हालतमा म माथी लागेको पाखेको ट्याग हटाउनु थियो । कहिलेकाही स्टाइल यति बढी हुन्थ्यो कि शब्द नै बिकृत भएर अरुले बुझ्न नसक्ने हुन्थ्यो । त्यतिखेर गर्वले छाती फुल्थ्यो र लाग्थ्यो अब चाहिँ म शहरिया भएँ ।
जब खलासी भएँ तब गुरुजीको गाली कति खाएँ कुनै गिन्ती नै छैन । त्यतिखेरै संकल्प लिएको थिएँ कि एकदिन म पनि गुरुजी हुनेछु र बदला लिनेछु । यहि आशामै आधा दशक बितेछ । ठ्याक्कै किशोर अबस्थामा प्रबेश गरेछ ।
पहिले पहिले मीठो खान पाएपछि दंग हुने मान्छे अब सुन्दरीहरु देखेर दंग हुँदै थिएँ । गुरुजीको मोजमस्ती देखेर थाहा छैन कति पटक मैले आफ्नो दायाँ हातलाई दुख दिएँ । त्यतिखेर मलाई लागेको थियो कि जिन्दगी पाउनु त ड्राइभरको जस्तो । त्यसपछि लाइसेन्स निकाल्ने अठोट अगाडी आयो ।
कन्या कुमारले त्यतिखेर लाइसेन्स निकाल्ने त्यति सजिलो थिएन भन्छ । फारम भरेको थियो । त्यसै वेलामा काकाको छोरीबाट आफ्नो साथीसँग लभ गर्नको लागि प्रस्ताव आउँछ । खासमा उसलाई चाहिएकै त्यै थियो तर बाहिर चाहिँ बहिनिलाई हकारे जस्तो ग-यो ।
बहिनीले दुईपटक मात्रै के भनेको थियो भन्यो, ‘दे न त धेरै जिद्दी गरिहाल्यौ ।’
बहिनीले उसको साथीको नम्वर दिए । कन्या कुमार नम्वर लिएर लाइसेन्सको लागि नेपालगन्ज हानिए । नेपालगन्जमा काम ढिलो हुने भयो । त्यही समयमा उसले बहिनिले दिएको नम्वरमा फोन गर्न मन लागेछ ।
फोन त ग-यो तर उतावाट केटीले चिन्दिन भनेर हप्काएपछी झण्डैले बेहोस भए । त्यतिको निराश त जिन्दगीमा कहिले पो भएको थिएँ भनेर स्मरण गर्छ ।
नेपालगन्जबाट दाङ आएपछि बहिनिले साथीलाई फोन गरे नगरेको जिज्ञासा राखे । फोन गरेको तर बेहोस हुनेगरी हप्काई खाएँ भनेर भन्यो भने बहिनिको अगाडी इज्जतको सवाल छ । त्यसैले बनावटी कुरा भने, ‘आफू कुन तनाबमा छु दुनियाँ केटीलाई फोन गर्न मैले थोडै न ठेक्का लिएको छु ।’
बहिनी जिल्ल परि ।
बहिनिको साथीको नाम प्रमिला थियो । मैले प्रमिलालाई देखेको त थिएन तर बहिनिले उसको रुपको बखान गरेकाले कयौं रात नसुतेरै कटाएको छु ।
हदै भएपछि एकपटक न्वारान देखिको साहस निकालेर फेरि फोन गरे । म फलानोको दाइ फलानो बोलेको भनेर सिधै भनेको याद छ । त्यसपछि अलिकती हरियो संकेत देखा पर्न थालेको याद छ भन्छ ।
भेट भयो । पहिलो भेटमा त्यति खुल्न नसकेको कन्या कुमारको स्मरणमा बसेको छ । लामो कपालमा हल्का रातो मेहन्दी लगाएको खुल्ला बाल हल्लाएको स्मरणमा डुब्दै किक्लिक्क आवाज निकालेर गफिन्छ ।
बेलुकी प्रमिलाको फोन आएछ । ‘पहिलोपटक सबै कुरा गर्न मिलेन । भोलि एक्लै हुन्छु, आउनु गफसफ गरौंला’ भनेर प्रमिलाले भनेको कुरा उसको सम्झनाबाट मेटिएको छैन ।
भोलि भयो । पानीको कुवानेर बोलाएकाले त्यतै लागे । त्यो डेढ घण्टाको कुराकानीले बिहेको कुरा छिन्यो । त्यसपछि तीन दिनमा भाग्ने योजना बन्यो ।
तीन दिन बित्यो । भगाएर सल्यान लिएर आएँ । बिहे भयो । त्यही मंसिरमा लाइसेन्स हात प-यो । लाइसेन्स हात पर्दा आफू सिधै पाइलट भएको अनुभुती भएको कन्या कुमारले बताउँछ ।
गाउँमा श्रीमतीको पेट सुन्निएको थियो । गर्भवती भएपछि पेट सुन्निनु स्वभाबिकै थियो । पहिलोपटक बुटवल एउटा मिठाई पसलको कार चलाउन पाए । त्यही समयमा घरमा श्रीमती ब्याएको खबर आयो । श्रीमतीलाई त्यति फोन गर्न मन लाग्दैनथ्यो ।
श्रीमती ससुराली आएकी थिइ । एकदिन समय मिलाएर ससुराली आएँ, तब मेरो श्रीमतीलाई देखेर छागावाट खसे जस्तै भएँ । भर्खर कि श्रीमती छोरा ब्याएपछी एकदमै बुढी भएको देखे । हरे ! मेरो श्रीमतीलाई के भयो ? आफू अचम्मित परेको कन्या कुमारले सुनाए ।
ड्राइभर त भइयो तर नेपालमा केही गर्न नसकिने देखेपछि बिदेश धपाउने परिवारले तानाबाना बुन्न थाले । दुर्भाग्य भनौं कि सौभाग्य भनौं एक महिनामै मलेसियाको भिसा आयो ।
मलेसिया जाने भनेर काठमाडौ आएँ तब श्रीमतीले फोनमा एउटै शब्द दोह-याउन थाले, घर कहिले आउनु हुन्छ ? त्यो हरामी कन्या कुमारले भन्थ्यो, अरे बाबै, बिदेश गएकै छैन । गएपछि आउँला नि ।
मलेसिया बसेको एक बर्षसम्म श्रीमती जी संग सम्बन्ध राम्रै थियो । तर जब ईन्टरनेटमा भुल्न थाले तब श्रीमतीलाई भुल्दै गएको स्मरण गर्छ कन्या कुमारले । सामाजिक सञ्जालमा राम्रा देखिने ब्युटी प्लसवाला क्यामेरा प्रयोग गरि खिचिएका तरुनीहरुले आफुलाई अल्झाएको झिकिर गर्छ ।
फेसबुक र म्यासेन्जर दोहोरी नै मेरो संसार हुनथाल्यो । त्यतिखेरै नुवाकोटे मैच्याङसंग अनलाइन लभ परेको कुरा खुलाउछ ।
त्यही समयमा उसले आफ्नो नाम कन्या कुमार राखेको बताए । लभ दुई बर्षसम्म चल्यो । बिबाह बन्धनमा बाधिने पक्का भइसकेको थियो भन्छ । मैच्याङ बिदेशमै रहेकोले तत्कालै बिहे गर्न नसकेको कन्या कुमारको दावी छ ।
चार बर्षपछी नेपाल आएँ । कहाँ जाने ? कहाँ बस्ने ? काठमाडौमै हराउने निधो गरे । यो बिचमा धेरै घटनाहरु घटे । दोहोरी साझ देखि लिएर सेक्युरिटी गार्डसम्मको काम गरे भन्छ ।
मैच्याङसंगको सम्बन्ध ठिकै थियो । उसकै सल्लाहमा कतार जाने निर्णय भयो । तर त्यो सम्बन्ध धेरै दिन टिकेन । बिचार मिलेन । भावना मिलेन । ठाकठुक पर्न थाल्यो । नदेखेको नभेटेको फेसबुक मायालुसंग अन्ततः ६ महिनापछी माया टुट्यो, फुट्यो । उसको लागि हात काटेर रमिता देखायो । त्यो कन्या कुमार पागल भयो । कसो ज्यान दिएन ।
मैच्याङले सजिलै छोडे । मलाई त्यो महँगो भयो । तिलु काकु र दुर्गा दाईले सम्झाउनु… सम्झाए । एक बर्षमा छोडेको छोरो ६ बर्ष भएछ । साले त बोल्ने भएछ । कन्या कुमारको छोरो न परे फोनमा गनगन गर्छ । स्कुल पनि जान थालेछ ।
श्रीमती गलत होइन । मै गलत थिएँ । माफी मागे । उसले त्यति गल्ती गरेको भए कत्रो जात्रा बनाउथे । उसले चाहिँ सहजै यति मात्रै भनी, ‘घर सम्झिनु भो, यहि काफी हो ।
उसको मौन भाषाले मलाई घर फर्कायो । ६ बर्ष अगाडी जसरी ‘कहिले आउनु हुन्छ’ भन्थी । आज पनि त्यही भन्ने गरेको कुरा गर्छ । जसले प्रेमलाई अझै प्रगाढ बनाउने गरेको अनुभव उसंग रहेको सगौरव स्विकार गर्दछ ।
त्यो नामर्द, हरामी कन्या कुमार, त्यो हरामखोर कन्या कुमार अचेल सामाजिक संजालमा सन्तोष नामबाट चिनिन्छ । त्यो त्यही सन्तोष हो जो अहिले यो आलेख लेखिरहेको छ । हो त्यो मै हुँ । अर्थात म टिकाराम पुन मगर । जो कन्या कुमारको अबसानपछि जन्मिएको नयाँ पात्रको नाम हो ।
प्रतिक्रिया दिनुहोस