१० लाखको लागतमा सल्यानको विकट वस्तीमा मोटरबाटो निर्माण कार्य सुरु


पुस २०, सल्यान । १० लाख रुपैयाँ अनुदान सहयोगमा सल्यान कपुरकोट गाउँपालिकाको वडा नम्बर १ छापमा मोटरबाटो निर्माण हुने भएको छ ।

मोटरबाटो निर्माण कार्य आईतबारबाट सुरु भएको छाप खोरबारे मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष धन बहादुर रानाले जानकारी दिए । कपुरकोट गाउँपालिकाको अनुदान सहयोगमा मोटरबाटो निर्माण कार्य सुरु भएको हो ।

कपुरकोट १ को लामपोखरा जोड्ने लक्ष्यको साथ मोटरबाट निर्माण गर्न थालिएको हो । निर्माण कार्य सुभारम्भको अवसरमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले सम्झौता अवधि भित्रै गाउँपालिकाले तय गरेको मापदण्ड पुग्ने गरी बाटो निर्माण गर्न आग्रह गरिन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले गुणस्तरिय र पारदर्शी ढंगले योजना सञ्चालन गर्न आग्रह गरे ।

गाउँवस्तीमा मोटरबाटो पुग्ने भएपछि विकासका अन्य सम्भावना खुल्ने भन्दै स्थानीय भिम बहादुर रानाले खुसि व्यक्त गरे । उनले भने, ‘हाम्रो गाउँवस्तीमा तरकारि खेती हुने गर्दछ । अव गाउँमै सडक पुग्ने भएपछि तरकारि विक्रि गर्न सजिलो हुने भयो ।’ अहिले निर्माण गर्न लागेको सडक पुरै नयाँ कटिङ भएको वडा नम्बर १ को कार्यालयले जनाएको छ ।

वडाध्यक्ष बालाराम खड्काले भौतीक पूर्वाधार विकासको क्षेत्रलाई प्राथमिकता दिइएको बताए । आफ्नो वडामा विद्युत, खानेपानी, सडक निर्माण लगाएतका योजना चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको जनाए ।

२०७६ पुष २०,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको