केन्द्रीय कमिटी बैठक तीन साता पर सार्ने नेकपा सचिवालयको निर्णय


पुस २०, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ ।

आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले पुस २३ का लागि तय केन्द्रीय समिति बैठक माघ १५ देखि बस्ने निर्णय गरेको हो ।

राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक केही दिन पछि सारिएको नेकपा केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यसबीचमा प्रतिनिधिसभाको सभामुख निर्वाचन समेत हुँदैछ । नेकपाको स्थायी कमिटी बैठकले पुस २३ मा केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको थियो । पार्टी एकतापछि नेकपा केन्द्रीय कमिटीको औपचारिक बैठक बसेको छैन ।

२० पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको