विद्युत् महशुल घटाउने तयारी


पुस २०, काठमाडौँ । विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् ।

देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरुलाई विद्युतीय चुल्होको प्रयोग बढाउन प्रोत्साहन मिल्ने गरी यस्तो गर्न लागिएको उनले बताए ।

उर्जा मन्त्रालयले यसै वर्षबाट ग्यासको अनुदान हटाउन प्रस्ताव गरेपनि अर्थ मन्त्रालयले आगामी बजेटबाट यस्तो अनुदान हटाउन सक्ने बताएको उनको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सरकारले यसैवर्ष वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत प्रवद्र्धन स्वरुप १० हजार इन्डक्सन चुल्हो सहुलियत मूल्यमा बिक्री वितरण गर्न लागको र त्यसका लागि स्थानीय तह, सामुदायिक तथा सहकारी विद्युतीकरण आयोजनाहरूसँग सहकार्य हुने उनले बताए ।

२०७६ पुष २०,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको