फेसबुकबाट सुरु भएको मायाले घर न घाटको बनाएपछि…

फाइल तस्बिर

मङ्सिर १९, कञ्‍चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन्। सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत गरेकी थिइनन्।

डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए । मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए । तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे ।

‘गत वर्षको फागुन ११ गतेको कुरा हो,’ ताराले भनिन्, ‘घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । नाइनास्ती गर्न सकिनँ । झलारी बजारसम्म गएँ ।’

‘तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ, रमेशको भनाइ उल्लेख गर्दै ताराले भनिन्, ‘वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँ, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।’

त्यसपछि उनीहरु डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घर गए । एक/दुई महिना राम्रैसँग बित्यो । रमेशले पनि निकै राम्रो व्यवहार गरे । ‘जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना जबर्जस्ती गर्भपतनको औषधि खुवाई गर्भपतन गराइयो,’ उनले भनिन्।

असुरक्षित तरिकाले गर्भपतन गराउँदा रक्तस्राव हुन थाल्यो । ताराको रक्तस्राव हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो । उपचारपछि तारा निको भइन्। त्यसपछि दुवैजना माइती घरमा गए।

झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश माइतीमै छाडेर फर्केनन् । उनले गहँभरि आँशु खसाल्दै भनिन, ‘माइतीमै छाडेर भाग्नुभयो । कता गएको खबर नै गर्नुभएन । यतिका दिन बिते भनेर तीन दिनपछि फोनमै सोधेँ, प्रत्युत्तरमा रमेशले भने, ‘तारा भन्ने तिमी को हौ, म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन । मेरो घरमा आएपछि तेरो ला’श हुन्छ,’ भनेर ध’म्की दिन थाले।

उनले त्यसपछिका कुरा खोतल्दै भनिन, ‘सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ ।उनले भनिन्,’ केही सहारा थिएन । भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन । मार्ने ध’म्की दिँदै आएकाले निकै मानसिक हिं’सा सहनुपर्यो ।’

ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लै’ङ्गिक हिं’साविरु’द्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा यी कुरा बताउँदा त्यहाँ उपस्थित सबैजना भा’ववि’ह्वल भए। रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन ।

उनले भनिन्,’ कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो । भेट गराइदिनुपर्यो । सम्झाएपछि अपनाउने अझै विश्वास छ । म ऊबिना बाँच्न सक्दिनँ ।’ घर न घाटकी भएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुगेकी छिन। सेवा केन्द्रको सेफहाउसमा बस्दै आएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उ’जुरीसमेत दिइएको छ ।

‘प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन । प्रहरीमा उजुरी दिएको छ महिना बितेको छ,’ अधिकारकर्मी बिष्नादेवी पन्तले भनिन्, ‘भगाएर अलपत्र छाडनेविरु’द्धको उ’जुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ । भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन ।’

सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उ’जुरी गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको उनले बताइन्।

प्रहरीमा उ’जुरी दिँदासमेत सुनुवाइ हुन नसकेपछि महिला अधिकारकर्मी तारालाई न्याय दिलाउनका लागि जुटेका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने बताए। अन्तक्र्रिया कार्यक्रममा सहभागी अधिवक्ता उद्धवराज भट्ट महिलामाथि हुने ज्या’दतिका अधिकांश घटना विद्यमान कानुनको कार्यान्वयन नगरिँदा बढ्दो क्रममा रहेको बताए। कानुनको पूर्णरूपमा पालना गराउनका लागि स्थानीय सरकारले परिणाममुखी काम गर्नुपर्ने उनको भनाइ छ ।

‘पुरुषको तुलनामा महिला अधिक हिं’सामा पर्ने गरेका छन् । यसको मुख्य कारकका रुपमा जाँ’डर’क्सीको अनियन्त्रितरूपमा बिक्री वितरण नै हो’, अधिवक्ता भट्टले भने, ‘केही नपाइने ठाउँमा मदिरा पाइन्छ । यसको नियन्त्रण जरुरी छ ।’

एकअर्काको भावना नबुझिकनै गरिने प्रेमविवाहसमेत असफल हुँदै गएको चर्चा गर्दै उनले यसरी गरिएका प्रेमविवाह एकअर्काप्रतिको अविश्वासका कारण बीचमै टुट्ने गरेकाले यसमा पनि महिला नै पीडित बन्ने गरेको बताए। उनका अनुसार देखासिखीमै गरिने प्रेमविवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन् ।

‘कानुनी उपचार नगरिकनै अधिकांश हिं’साका घटनालाई मिलापत्रमै टुङग्याइँदा यी घटनापछि विकराल रूपमा आउने गरेका छन्,’ उनले भने, ‘सबैभन्दा बढी यौ’नजन्य हिं’साका घटना छन् । त्यसपछि मानसिक प्रताडनाका घटना आउने गरेका छन् ।’

झलारी सामुदायिक सेवा केन्द्रमा गत साउन महिनादेखि हालसम्म घरेलु हिं’साका छ, गा’लीग’लौजका १२, कु’टपि’टका २०, वादविवादका तीन, बालविवाहका पाँच, अलपत्र परेका महिला पाँच, बहुविवाहका चार गरी ५५ जनाले उ’जुरी गरेका छन् । तीमध्ये १५ जनालाई मनोपरामर्श र पाँच जनालाई मेलमिलापपछि घर फिर्ता गराइएको छ ।रासस

१९ मंसिर २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको